+
+

दिगो ई-स्टपको दोस्रो नेटवर्क कुरिन्टारमा, रेस्टुरेन्टसहितको सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १३:३६

काठमाडौं । चितवनको कुरिनटारमा दिगो ई-स्टपको दोस्रो नेटवर्क सञ्चालनमा आएको ।

नेपालका लागि सबैभन्दा ठूलो दिगो रेस्ट स्टपको दोस्रो सञ्जाल १ असारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

यो ई-स्टपले देशको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ईभी चार्जिङ स्टेसन सुविधा प्रदान गर्दछ । गत वर्षदेखि मूलकोटको रामटारमा पहिलो ई–स्टप सञ्चालनमा आएको थियो ।

कुरिन्टारस्थित अत्याधुनिक सुविधा केन्द्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको यातायात क्षेत्रको रूपान्तरणमा दिगो पूर्वाधारको महत्त्वपूर्ण भूमिकामा जोड दिए ।

‘दिगो ई-स्टपको स्थापना हरियाली र थप दिगो भविष्यतर्फको महत्त्वपूर्ण कदम हो । विद्युतीय सवारीसाधन प्रयोगमा सहजीकरण गरेर कार्बन फुटप्रिन्ट घटाउने मात्रै होइन ऊर्जामा स्वतन्त्रता र स्वच्छ हावाको बाटो पनि प्रशस्त गरिरहेका छौं,’ घिसिङले भने ।

कुरिन्टारमा सञ्चालनमा आएको दिगो ई-स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्ने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार ई-स्टपको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेनहरू रहेका छन् भने यात्रुहरूलाई सफा र स्वच्छ खानाहरू प्रदान गर्ने रमाइलो रेस्टुरेन्ट पनि रहेको छ । साथै यात्रुहरूले सफा र पहुँचयोग्य सार्वजनिक शौचालयको आनन्द पनि लिन सक्छन् ।

दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले परियोजनालाई सफल बनाउने साझेदारहरूप्रति धन्यवाद दिए ।

‘आज नेपालमा राजमार्ग यात्रामा नयाँ युगको सुरुवात भएको छ । दिगो ई-स्टप एउटा पिट स्टप मात्र होइन; यो एक दर्शन हो। हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि नयाँ मानक सेट गर्न समर्पित छौं,’ उनले भने ।

उद्घाटन कार्यक्रममा उद्योगी व्यवसायी, विदेशी साझेदार, दिगोपन अधिवक्ता लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?