 
																			४ असार, धनगढी। प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
प्रदेश सरकार विस्तारका विषयलाई लिएर माओवादी भित्र देखिएकाे विवादलाई लिएर दाहालले मंगलबार प्रदेश सभा सदस्यहरूसँग संघीय राजधानी काठमाडौंमा छलफल गरेका हुन् ।
उनले पार्टी स्थायी कमिटी सदस्य समेत रहेका खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्व बनाउन निर्देशन दिए । बैठकमा सहभागी एक सांसदका अनुसार प्रचण्डले पार्टीको सुदूरपश्चिममा भइरहेको गतिविधिबारे चासो व्यक्त गर्दै समस्या हल गर्न भनेका छन् ।
भट्ट पार्टीको वरिष्ठ नेता पनि भएकाले उनलाई दल नेतामा पुनर्स्थापित गर्न सुझाव दिएको ती सांसदले बताए ।
बैठकमा सहभागी सुदूरपश्चिमका बिना विभागीय मन्त्रीसमेत रहेका उपनेता अक्कलबहादुर रावलले अध्यक्षले पार्टीलाई एकताबद्ध बनाउन उक्त सुझाव दिएको तर निर्णय भइनसकेको बताए ।
सुदूरपश्चिममा गत १२ माघमा बहुमत प्रदेश सभा सदस्यले भट्टलाई दल नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए ।भट्टलाई संसदीय दलमा दल नेता भन्दा माथिल्लो बरियता दिएपछि विवाद मिलेको जस्तो देखिएको थियो ।तर २८ जेठमा सरकार विस्तार गर्ने क्रममा धामीले एकलौटी मन्त्रीको नाम सिफारिस गरेपछि विवाद चर्किएको थियो ।
धामीले संसदीय दलको बैठक छलेर मन्त्रीको नाम सिफारिस गरेको भन्दै पाँच जनाले मुख्यमन्त्रीलाई नियुक्त नगर्न पत्र नै बुझाएका थिए। तर मुख्यमन्त्रीले धामीले सिफारिस गरेअनुसार नै अक्कल रावल, लक्ष्मी बिक र ओमबिक्रम भाटलाई मन्त्री बनाएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4