+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोशीमा सहमति : प्रदेश सभा बैठकमा सहभागी हुन प्रतिपक्षी दल तयार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते ११:३९

६ असार, विराटनगर । आर्थिक वर्ष २०८१/८२ को बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिस्कार गर्दै आएका प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन तयार भएका छन् ।

बुधबार सरकारसँग भएको छलफलपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राप्रपा आर्थिक विधेयक माथिको छलफलमा सहभागी हुन तयार भएका हुन् ।

बुधबारदेखि आर्थिक विधेयक माथिको छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशसभाको १० औं बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाले बहिस्कार गरेपछि स्थगित भएको थियो ।

प्रतिपक्षीले बैठक छाडेपछि सभामुख अम्बरबहादुर विष्टले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर प्रतिपक्ष बैठकमा सहभागी हुन तयार नभएपछि बैठक आज विहीबार बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।

बुधबार नै सरकारसँग भएको वार्तापछि प्रतिपक्षी दलहरु प्रदेशसभा बैठकमा सहभागी हुन तयार भएका छन् । ‘बजेट मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा मात्रै केन्द्रित भएपछि हामीले बैठक बहिस्कार गरेका हौं, सरकारसँग छलफल भयो, अब बैठकमा सहभागी हुन्छौं,’ नेपाली कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘हाम्रो माग राजनीतिक हिसाबले सम्बोधन गर्ने सहमति भएको छ ।’

१ असारमा कोशी प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

यो बजेटमा पूर्वाधार तर्फको अधिकांश योजना मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको क्षेत्रमा गएको कांग्रेस र राप्रपाका नेताहरुको गुनासो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?