६ असार, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेटले भुटानी लिग विजेता क्लब पारो एफसीसँग एएफसी च्यालेन्ज लिग प्रारम्भिक छनोट खेल खेल्ने भएको छ ।
चर्च ब्वाइजले अगष्ट १३ मा पारो एफसीसँग खेल्ने भएको हो ।
सिंगल लेग नकआउट फम्र्याटमा हुने एस खेलको विजेता क्लब सुमह चरणको खेलको लागि छनोट हुनेछ ।
यस खेलमा जित हात पारे चर्च ब्वाइजले समुह चरणमा अफगानस्तानको अट्याक एफसी र किर्गिज गणतन्त्रको एफसी अबदिश अटासँग खेल्नेछ ।
सुमह चराणको खेलहरु भने अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एण्ड अवे ’ प्रणालीमा हुनेछ ।
समुह चरणमा छनोट भए चर्च ब्वाइज युनाइटेडले कम्तिमा पनि एक लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4