
१० असार, काठमाडौं । किसान र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।
दुई संस्था एकआपसमा गाभ्ने/गाभिनेगरी राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छन् । मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । आगामी असार २७ गतेबाट एकीकृत कारोबार सुरु हुने दुवै कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
किसान लघुवित्तको रजिस्टर्ड कार्यालय कैलालीमा छ भने जाल्पा सामुदायिक लघुवित्तको रुपन्देही बुटवलमा छ । मर्जपछि बन्ने संस्थामा जाल्पा सामुदायिक लघुवित्त सेयरधनीको १ कित्ता सेयर बराबर किसान लघुवित्तका सेयरधनीको ०. ८८३४ कित्ता सेयर अर्थात् १ : ०.८८३४ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) तय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4