 
																			२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरी इमर्जेन्सीमा आउने बिरामीलाई उपचार दिएर स्वास्थ्य अवस्था स्थिर बनाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए सेवा पाउने ठाउँमा पठाउन आग्रह गरेको छ ।
यसरी अर्को अस्पतालमा पठाउँदा सो अस्पतालसँग समन्वय गरेर बिरामीलाई चाहिने सेवा उपलब्ध हुने अवस्थामा मात्र पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
नेपालको संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने भनेको र जनस्वास्थ्य ऐन २०७५ ले आपतकालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने तत्कालको सेवालाई आकस्मिक सेवा भनेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4