 
																			९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक ११ भदौमा बस्ने भएको छ ।
त्यस दिन बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका एजेण्डा छन् ।
रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ । अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
ढकाललाई गत बुधबार दोस्रो पटक स्पष्टीकरण सोधेको थियो र उनले जवाफ पनि बुझाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4