+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८८ बलमा १४० रन आवश्यक
चितवन राइनोज 2025
30/2 (5.2)
Shares

निजामती ऐन संशोधन विधेयक पास गर्न लेखा समूहको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १९:४५

१२ भदाैं, विराटनगर । कोशीमा लेखा समूहका कर्मचारीहरूले प्रदेश निजामती सेवा ऐनको छिटो संशोधन गर्न माग गरेका छन् । १४ भदौमा प्रदेशसभा बैठक बस्नुअघि लेखा समूहका कर्मचारीले उक्त संशोधन विधेयक छिटो पारित गर्न दबाब बढाइरहेका छन् ।

लेखा समूहका कर्मचारीले वृत्ति विकासमा विभेद भएकाे भन्दै ऐन संशोधनको माग गरेका हुन् । लेखा समूहको माग सम्बोधन गर्ने गरी सरकारले गत साउन २ गते कोशी प्रदेश सभा सचिवालयमा संशोधन विधेयक दर्ता गरेको थियो ।

लेखा समूहका कर्मचारीले केही स्वार्थ समूहले संशोधन विधेयक विफल पार्न प्रयास गरिरहेको भन्दै सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष र पारदर्शी बनाउनका लागि संशोधन विधेयक पास गर्न माग गरेको छ ।

लेखा समूहका कर्मचारीले एक सूचनामा भनेको छ, ‘प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीहरुले समान वृत्ति विकासको लागि गरेको माग अनुसार कोशी प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक यथासिघ्र चालु अधिवेशनबाट नै पारित गर्न जोडदार माग गर्दछौं । कुनैपनि बहानामा ढिलासुस्ती स्वीकार्य हुनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?