 
																			१४ भदौ, विराटनगर। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै उनले प्रदेशमा रचनात्मक प्रतिपक्षमा रहने बताए ।
जनताको मुद्दा उठाउने जिम्मेवार दल भएर प्रतिपक्षमा बस्ने बताउँदै उनले भने, ‘तपाईंहरु दुई झगडिया दल मिल्नु भएको छ, सरकार चलाउनुहोस्, हामीलाई २०८४ सालसम्मै प्रतिपक्षमा बस्न दिनुहोस् ।’ उनले २०८४ मा मिलेर चुनावमा जान पनि आग्रह गरे ।
सरकारमा सहभागी नभइ सत्तापक्षामा कांग्रेस बसेको बताउँदै उनले अचम्मको अभ्यास भएको उनले बताए ।
प्रदेशमा अहिले सरकार विहिनताको अवस्थामा रहेको उनले बताए । मन्त्रालय मन्त्री बिहिन रहदा बजेट कार्यान्वयन अन्योल भएको उनले बताए । अहिलेको बजेट वितरण मुखी रहेको बताउँदै अझैपनि सरकारले बजेट प्राथमिकता निर्धारण गर्न आग्रह गरे ।
सरकारलाई हिम्मत गरेर प्राथमिकताको आयोजना निर्धारण गर्न उनले आग्रह गरे । उनले प्रदेशको संरचना निर्माणका लागि ढिला नगर्न सरकारलाई आग्रह गरे।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4