 
																						प्रधानमन्त्रीले धुलिखेल जाँदा प्रयोग गरेको हेलिकप्टर ।								
											१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल जान हेलिकप्टर प्रयोग गरेका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री ओली काभ्रेको धुलिखेल जानका लागि प्रयोग गरेको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो । त्यसपछि फर्किने क्रममा अर्को हेलिकप्टरमा फर्किएका सैनिक स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले काभ्रे जाँदा प्रयोग गरेको सेनाको एनए ०६७ हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि नेपाली सेनाको एमआइ १७ हेलिकप्टर चढेर प्रधानमन्त्री ओली काठमाडौं फर्किएका हुन् ।
काठमाडौंबाट धुलिखेल जाने सडक विस्तारको क्रममा छ । त्यस क्रममा सडकमा धेरै खाल्डाखुल्डी परेको कारणले प्रधानमन्त्री हेलिकप्टर प्रयोग गरेर गएको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4