 
																			ह्वाट्सएपको प्रयोग धेरै मानिसले आफ्नो अफिसको कामका लागि पनि गर्दछन् ।
कुनै पनि कार्यालय वा संगठन वा समूहका धेरैभन्दा धेरै सदस्यहरुबीचको सम्पर्कलाई सहज बनाउन तथा आदेश, निर्देशन, सूचना तथा समाचार सहज ढंगले प्रवाह गर्नका लागि ह्वाट्सएप ग्रुप निकै उपयुक्त माध्यम बन्ने गरेको छ ।
तर, ह्वाट्सएप ग्रुपमा पठाइएका मेसेज त्यहाँका कुन-कुन सदस्यले पढे वा कसैले पनि पढेनन् कि ? भन्ने कुरा थाहा पाउन त्यति सजिलो हुँदैन ।
कहिलेकाही ग्रुपमा पठाइएका मेसेजमा ब्लू टिक देखिनमा घण्टौंसमेत लाग्दछ । ब्लु टिकको अर्थ तपाईंले पठाएको मेसेज प्रापकले हेरेको भन्ने हो ।
ग्रुपका सदस्यले मेसेज पढेको भए पनि त्यसमा कुनै प्रतिक्रिया नदिँदा वा रिप्लाइ नगर्दा तथा ब्लु टिकसमेत समयमा नदेखिंदा प्रेषकलाई आफ्नो मेसेज ग्रुपका सदस्यले पढे नपढेको जानकारी पाउन कठीन हुन्छ ।
यस्तो अवस्थामा यदि तपाईंले आफूले ह्वाट्सएप ग्रुपमा पठाएको मेसेज को को सदस्यले हेरिसके भन्ने कुरा थाहा पाउन केही ट्रिक लगाउनु पर्ने हुन्छ ।
वास्तवमा ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि Message Info नामक फिचर उपलब्ध गराएको हुन्छ । उक्त फिचरको प्रयोग गरेर तपाईंले आफुले ग्रुपमा पठाएको ह्वाट्सएप मेसेज कसले पढेका छन् भन्ने कुरा सहजै पत्ता लगाउन सक्नुहुन्छ ।
यसरी प्रयोग गर्नुस् ह्वाट्सएपको मेसेज इन्फो फिचर
- सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस्
- आफूले मेसेज पठाएको सम्बन्धित ग्रुपमा जानुहोस्
- उक्त पठाएको मेसेजमा केहीबेर थिच्नुहोस्
- त्यसपछि टप बारमा दायाँपट्टि रहेको ठाडो तिनथोप्ला वाला आइकनमा थिच्नुहोस्
- त्यहाँ अन्य अप्सनसँगै Info अप्सन पनि देखिन्छ, त्यसमा ट्याप गर्नुहोस्
- त्यसपछि read by भन्ने शीर्षकमुनि ती व्यक्तिहरुको सूची देखिन्छ, जसले तपाईंले पठाएको ग्रुप मेसेज पढिसकेका छन् ।
- साथै त्यहाँ देखिने Delivered toअप्सनमा ती सदस्यहरुको विवरण देखिन्छ, जसले तपाईंको मेसेज त पाएका छन् तर पढिसकेका छैनन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4