+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नेसनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १३:४५

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग साक्षात्कार कार्यक्रम ‘मिट द सीईओ’ आयोजना गरेको छ ।

मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने गण्डकी प्रदेशका करिब ३५ जना अभिकर्ता कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा स्किममा व्यवस्था भए अनुसार अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान समेत गरिएको थियो ।

प्रदेश स्तरिय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनोट हुने अभिकर्ता सम्मानित भएका हुन् ।

कम्पनीले प्रदेश स्तरीय कार्यक्रम मधेश प्रदेशबाट सुरु गरेको थियो । अन्य प्रदेशहरूमा पनि छिट्टै कार्यक्रम आयोजना गरिने कम्पनीको भनाइ छ ।

कार्यक्रममा कम्पनीका सीईओले अभिकर्ताहरूको हितलाई मध्येनजर गरी योजनाहरू प्रस्तुत गरेका थिए भने अभिकर्ताहरूले कम्पनीका सीईओ समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरूका बारेमा विस्तृत रूपमा छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

देशभरिबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनोट भएकोमा गण्डकीबाट ३५ अभकिर्ताहरु छनोट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?