 
																						बीपी साह								
											२२ असोज, काठमाडौं । जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ ।
पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए ।
त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ ।
अनुशासन समितिको सिफारिसमा जनमतको केन्द्रीय समितिले केन्द्रीय सचिव बीपी साहसहित, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई निलम्बन गरेको थियो ।
नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण उनीहरू निलम्बनमा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4