+
+

विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते ६:३३

३० असोज, विराटनगर । विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । विराटनगरको भूमी प्रशासन चोकमा रहेको मुन होटल तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरको अन्य भागमा चोट लागेको छ । उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका उनकाे अवस्था सामान्य छ ।

गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

मंगलबार साँझ करिब ६ बजे विराटनगर- ९ का सावन दास र विनोद रायले खुकुरी प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । उनीहरु फरार छन् । फरार भएका दुवैको खोजी भइरहेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?