+
+
Shares

धनतेरसलाई चाँदी सिक्का बिक्री सुरु, सुनका असर्फी छैन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ कात्तिक ११ गते १५:०५

११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैकले तिहार (धततेरस) लक्षित गर्दै चाँदीको सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । लक्ष्मी, गणेश,  गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री सुरु गरेको हो ।

१० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५  ग्रामको ५ हजार ५ र  ३५ ग्रामका ८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको छ ।

लक्ष्मी, गणेश र गजलक्ष्मी अंकित मेडालियन १० ग्रामको रहेको छ । त्यस्तै गाई अंकित मेडालियन २५ ग्रामको छ । यसपालि सुनका असर्फी अभाव भएकाले १३ कात्तिकका दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंक टक्सार महाशाखाका कामु निर्देशक सम्झना ढकालले बताइन् ।

५ ग्राम र १० ग्रामको सीमित परिमाणमा मात्रै रहेकोले बिक्री नै नहुने उनले बताइन् । ‘व्यवस्थापन समितिबाट निर्णय भए अनुसार १३ कात्तिकका दिन सुरुमा आउनेलाई प्राथमिकता राखेर २.५ ग्रामको मात्रै चाँदीको सिक्का बिक्री हुने भएको छ,’ उनले भनिन्, ‘सुनका असर्फी अभाव भएकाले धनतेरसका लागि एक दिन मात्रै  बिक्री गर्न लागिएको हो । सुनको नपाउनेले चाँदीको भने जति पाउन सक्नुहुन्छ ।’

राष्ट्र बैंकले अन्य चाँदीको सिक्का टकमरी गर्दै आएको छ । टक्सार यन्त्रीकरण १५ ग्रामको मूल्य ४ हजार ४ सय रुपैयाँ रहेको छ । राज्यारोहण १ ओजेड ३१.१०३ ग्रामको ८ हजार ७ सय ७५ रुपैयाँ मूल्य तोकिएको छ ।  सार्क प्रुफ सिक्का २५ ग्रामको ७ हजार ५ सय, राजा ज्ञानेन्द्रको राज्यारोहण ३१.१ ग्रामको ८ हजार ४ सय ७५, निर्यात वर्ष २३ ग्रामको ५ हजार २ सय ६० पर्छ ।

त्यस्तै व्यवस्थापन २३ ग्रामको ५ हजा ३ सय ६०, मारवाडी सेवा समिति १८ ग्राम ४ हजार ३ सय ६०, संयुक्त राष्ट्र संघ ५० वर्ष २० ग्राम ५ हजार २ सय, राष्ट्र बैंक स्वर्ण वर्ष ३५ ग्राम ८ हजार ४ सय पर्छ ।

त्यसैगरी रोटरी १०० वर्ष चाँदीको सिक्का ३५ ग्राम ८ हजार ४ सय, गुरु नानक १००० चाँदी सिक्का १० ग्रामको २ हजार २ सय र २५ ग्रामको ५ हजार ५ सय तोकिएको छ ।

त्यस्तै सत्यमोहन जोशी १०० चाँदीको सिक्का १० ग्राम २ हजार २ सय र २५ ग्राम ५ हजार ५ सय, धितोपत्र बोर्ड २५०० चाँदी सिक्काको ५ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?