+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

छठका लागि सजाइयो नारायणी किनार

रासस रासस
२०८१ कात्तिक २२ गते १४:४४

२२ कात्तिक, चितवन । वर्षातको समयमा आएको बाढीले खण्डहर बनाएको नारायणी नदी किनारलाई यतिबेला सजाइएको छ । तराई सामुदायिक सेवा समितिले नारायणी नदी किनारमा बाढीले बनाएको खण्डहरलाई व्यवस्थापन गर्दै सिगारको काम गरेको हो ।

तराई समुदायले मनाउने छठ पूजाका लागि नारायणी नदी किनारलाई सिङ्गारिएको हो । अहिले त्यहाँ समितिका पदाधिकारी तथा सदस्यहरु नदी किनारलाई व्यवस्थित बनाएर पूजाका लागि तयारी गरिरहेका छन् ।

समितिका सल्लाहाकार राजकुमार साहले अहिले तयारीस्वरुप पूजास्थल सम्याउने, टेण्ट निर्माण, धजापतका टाँस्ने लगायतका काम गरिएको बताए । पूजाको तयारी पूरा भएको छ। श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नारायणी नदी किनारलाई आकर्षक बनाइएको हो ।

समितिका पूर्व अध्यक्ष सुरेशकुमार गुप्ताले नारायणी किनारमा ब्रर्तालुहरु बस्न मिल्ने गरी घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माणको काम गरिएको बताए । उनले भने, ‘मूर्ति राख्ने र छटि माताको प्रतिक राख्ने काममा गरिएको छ।’ नारायणी किनारको बालुवा बाढीले बगाएर खाल्टाखुल्टी बनाएको हुँदा यसपाली नदी किनार सम्याउने र सरसफाइको काम विगत १० दिनदेखि गर्दै आएको उनले बताए ।

बाढीले किनारको संरचना बिगारेको हुँदा व्यवस्थापनका लागि लामो समय लागेको उनले बताए । समितिका अध्यक्ष जयकिशोर पाण्डेले अहिले यहाँ पाँच सय भन्दाबढी ब्रर्तालु र ३५ हजार भन्दा बढी भक्तजन आउने अनुमान गरिएको भन्दै सोही अनुसारको व्यवस्थापन गरिएको बताए । यहाँ विगत ३० वर्षदेखि छठको पूजा गर्दै आएको बताउँदै उनले हरेक वर्ष भक्तजनहरुको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिए ।

तराई मुलका मात्र नभएर पाहाडिया समुदायका व्यक्तिसमेत छठ पूजाका लागि आउने गरेको बताउँदै उनले भने, ‘यो पर्व हाम्रो मात्रै होइन अब आम नेपालीको भइसकेको छ।’ यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी आफुहरुको भएको बताउँदै उनले नदी किनारलाई व्यवस्थापन गरी सजावटको कामलाई तीव्र बनाइएको बताए ।

नारायणी नदी किनारमा चितवनसहित नवलपुर, तनहुँ, धादिङबाटसमेत ब्रर्तालु छठको पूजा गर्न आउने गर्दछन् । उनले भने, ‘नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यसवर्ष पनि गत वर्षको तुलनामा बढी भक्तजन आउने अनुमान गरेका छौँ।’

दुई दिनसम्म निराहार व्रत बस्नुपर्ने भएकाले यसको महत्व धेरै रहेको उनले बताए। ब्रर्तालुले षष्ठी तिथिका दिन आज निराहार व्रत बसेर साँझपख जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ।

ब्रर्तालुहरु करिब ४० घण्टा निराहार ब्रत बस्ने गर्दछन् । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुने परम्परा छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?