 
																			५ मंसिर, काठमाडौं । काभ्रेको पनौती नगरपालिकास्थित कलाँती भूमिडाँडाका कृषकले असोज ११ र १२ गतेको विपद्बाट क्षति भएका पशु चौपायाको पशु सुरक्षण बिमा रकम भुक्तानी पाएका छन् ।
कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडको पशु सुरक्षण कार्यक्रम अन्तर्गत बिनाझन्झट कृषकहरुलाई बिमा रकम भुक्तानी गरेको हो ।
बाढीपहिरोबाट पनौती नगरपालिकामा सबैभन्दा बढी क्षति व्यहोरेको वडा नं १२ का कृषि सहकारीमा आवद्ध २५ कृषकहरुले पशुको बिमाबापतको रकम चेकमार्फत पाएका हुन् ।
भैँसी, गाई, बाख्राहरुको सामुहिक बिमा कार्यक्रम अन्तर्गत संस्थाका सदस्य किसानहरुले बिमित रकम पाएको संस्थाका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4