+
+

बिजुली पोलमा पोस्टर टाँस्नेलाई १० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १८:३३

५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई कारबाही गरेको छ ।

१६ वडाभित्र बिजुलीका पोलहरूमा पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगर प्रहरीले बुधबार हरि परियारलाई १० हजार जरिबाना गरेको हो ।

महानगरले पछिल्लो समय पोलमा, सार्वजनिक स्थानको पर्खालमा, पुल लगायत स्थानमा पर्चा, पम्लेट टाँस्न निषेध गरेको छ भने पैदल यात्रुलाई पर्चा बाँढेमा पनि कारबाही गर्दै आएको छ ।

यसैगरी महानगरले मनोहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गर्नेलाई पनि जरिबाना गरेको छ ।

वडा नम्बर ३२ जडिबुटी स्थित मनोहरा खोलाबाट अवैध उत्खनन गरी बालुवा लोड गरिरहेको अवस्थामा बा४ख १७५५  नम्बरको मिनी ट्रकलाई १० हजार जरिबाना गरिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?