+
+

तेस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’का लागि आवदेन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १३:५९
गत वर्ष प्रदान गरिएको जीवन्त नेपाल म्युजिक अवार्ड

काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषले तेस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । कोषले अवार्डमा सहभागी हुन इच्छुक स्रष्टा तथा कलाकारले मंसिर ३० गतेभित्र फारम भरिसक्नुपर्ने जानकारी दिएको छ ।

अवार्ड कार्यक्रममार्फत रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको र अग्लेश्वरी हिलमा बुद्धको मूर्ति निर्माणका लागि पनि सहजीकरण हुने आशा लिइएको कोषका अध्यक्ष सिजम सिञ्जालीले बताए ।

आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, फिल्म गीत गरी करिब २५ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिस्ट जस्ता विधामा अवार्ड प्रदान गरिने सिञ्जालीले बताए । यस्तै सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई जीवन्त सम्मान समेत प्रदान गरिनेछ ।

आवेदनका लागि अग्लेश्वरी हिल्सको वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको नयाँ बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयबाट फारम भर्न सकिनेछ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको पर्यटन प्रवर्द्धनमा खर्च गरिने सिञ्जालीले बताए ।

सिञ्जालीले २०७८ पुसमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’को पहिलो संस्करण आयोजना गरेका थिए । काठमाडौंको सोल्टी होटलमा आयोजित पहिलो अवार्ड कार्यक्रमा गीत-संगीतका विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिएको थियो । दोस्रो संस्करण गत वर्षको पुसमा राष्ट्रिय नाचघरमा भएको थियो ।

अवार्डको तेस्रो संस्करण नेपाल बाहिर गर्ने तयारी भइरहेको सिञ्जालीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?