+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्रीले भने- लुम्बिनीलाई मानिसको मात्रै होइन, चराचुरुङ्‍गी किराफट्याङ्ग्राले पनि सम्झिउन् भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १७:३६

१४ मंसिर, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन् । शान्ति, करुणा र मित्रताबाट मानवजातिको कल्याण हुने बताउँदै उनले त्यसैबाट पनि समृद्धि हासिल हुने बताए ।

लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिको कल्याण विश्व शान्तिबाट मात्रै हुने बताए । यसैका आधारमा आफूहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको समेत ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरूको आस्थाको केन्द्रको रूपमा लुम्बिनीलाई विकास गरिने बताए । लुम्बिनीमा मानव जाति मात्रै नभई सबै प्राणीहरू समेत रमाउन सक्ने सुन्दर बगैंचा बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले आफू प्रधानमन्त्री भएको बेला बुद्धजयन्तीको बेला हिलोमा टेकेर कार्यक्रम गर्नुपरेको स्मरण गर्दै त्यही बेला अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्रको निर्माण गरिएको बताए ।

‘५ हजार मानिस एकैचोटी बस्न मिल्ने गरी सभाहल बनाइएको छ,’ उनले भने, ‘लुम्बिनीलाई मानिसको मात्रै होइन, चराचुरुङ्‍गी किराफट्याङ्ग्राले पनि सम्झिउन् भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं ।’

प्रधानमन्त्री ओलीले लुम्बिनी विश्व विद्यालयले बौद्ध दर्शन, शान्ति र विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षाका लागि काम गर्ने समेत बताए ।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्व विश्वविद्यालयले बौद्ध दर्शनसँगै विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिइन ।

उनले विश्वविद्लायले सक्षमतामा आधारित पाठ्यक्रम लागु गर्न, गुम्बा शिक्षा, बज्रयान, महायान तथा पाली भाषाको समेत अध्ययन अध्यापनमा काम गर्नुपर्ने बताइन । उनले दीक्षित विद्यार्थीलाई राष्ट्र हितमा प्रयोग गर्न अनुरोध गरिन् ।

विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक गरेका  २८९ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो ।

विश्वविद्यालयले बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य ) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

उपाधि प्राप्त गरेकी भिक्षुणी धम्मावतीले आफू १२ वर्षदेखि बुद्ध दर्शनका लागेको बताउँदै मानार्थ विद्यावारिधिको उपाधि दिएकोमा खुशी व्यक्त गरिन् ।

विश्वविद्यालयका उपकुलपती सुवर्णलाल बज्रचार्यले २०औं वर्षमा प्रवेश गरेको अवसरमा गरिएको दीक्षन्त समरोहलाई विशेष बनाउन सहभागी सबैप्रति आभार प्रकट गरे  ।

दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?