 
																			१५ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बीआरआईबारे कांग्रेस र एमालेको एउटै मत रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले बीआरआईको विषयले सरकारमा समस्या नआउने बताएका हुन् ।
अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै मन्त्री सिंहले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताए । उनले कुनै योजनामा तिर्न सक्ने अवस्थाका आधारमा मात्रै ऋण लिन सकिने भए पनि अहिले नै लिन नहुने बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस-एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि उनले बताए । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिन सरकारले पहल गर्ने पनि उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4