२६ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।
उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं ल्याएर पोखरा लगिनेछ ।
वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4