+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘इन्साइड ट्रेडिङ’को आरोपमा प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १९:३९

२८ मंसिर, काठमाडौं। शेयरबजारमा भित्री कारोवार गरेको आरोपमा जलविद्युत क्षेत्रमा लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले प्रधानमाथि करिव २६ करोड रुपैंया गैरकानूनी रुपमा कमाएको आरोप लगाएको छ ।

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर कारोबारका क्रममा भित्री सूचना पाएर त्यसको दुरुपयोग गरी शेयर कारोवारबाट लाभ लिएको आरोपमा प्रधानविरुद्ध मुद्दा दायर भएको हो।

यसअघि यस्तै प्रकृतिको आरोपमा जलविद्युत क्षेत्रका लगानीकर्ता गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

यसअघि गतवर्ष नेपाल धितोपत्र बोर्डले पनि धितोपत्रको भित्री कारोबार गरी जालसाजी गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । प्रधानलाई धितोपत्र ऐनको दफा ९८ को बजारमा जालसाजी युक्त कारोबार गरेको देखिएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

धितोपत्र सम्बन्धी ऐनको दफा ९८ मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, कसैलाई झुक्याएर कुनै काम गराएमा वा काममा लगाएमा जालसाजी गरेको मानिने उल्लेख छ ।

नेपाल हाइड्रो डेभलपर्स कम्पनीको अध्यक्षबाट आफू बाहिरिएको एक वर्ष नपुग्दै उनले धितोपत्र लगायतका कानुनमा रहेको छिद्र प्रयोग गरी श्रीमती, छोरा र छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको अवस्था देखिएको बोर्डको अनुसन्धानले देखाएको थियो । त्यही आरोपमा बोर्डले उनीमाथि कारबाही पनि गरेको थियो ।

रिडी हाइड्रोपावरको तत्कालीन अध्यक्ष गुरु न्यौपानेले अनाधिकृत सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २४ मंसिरमा कारबाही गर्ने निर्णय गरेको थियो ।

१० चैत ०७९ मा बोर्डले प्रधानलाई ७५ हजार रुपैयाँ नगद जरिवाना सहित १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक बन्न नसक्ने गरी कारवाही गरेको थियो । त्यसलगत्तै वैशाख ०८० मा उनीमाथि मुद्दा दायर भएको थियो ।

त्यसअघि प्रधान र न्यौपाने विरुद्ध भित्री कारोबार अनुसन्धान गर्न तहकीकात अधिकृत नियुक्त गरेको थियो । तहकीकात अधिकृतको प्रतिवेदनको आधारमा प्रधानले जालसाजी गरेको देखिएकोले उनीविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

प्रधानकै जस्तो कारोबार गरेका न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?