+
+

यति सजिलो थियो अमेरिकी आणविक बमको पासकोड, जसले पनि अनुमान गर्न सक्थे

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ९:४०

शीतयुद्धका बेला जब क्यूबा मिसाइल संकट चर्कियो त्यसबेला अमेरिकाले आणविक हमलाको पूरा तयारी गरिसकेको थियो । त्यसका लागि परमाणु बम प्रहार गर्ने जुन प्रक्षेपण कोड थियो, त्यो यतिधेरै सरल थियो कि जो कोहीले सजिलैसँग अनुमान लगाउनु सक्थ्यो । यसको खुलासा त्यसबेला परमाणु मिसाइल सञ्चालन गर्ने एक पूर्वसैनिक अधिकारीले गरेका छन् ।

यद्यपि अमेरिकी वायुसेनाका अधिकारीहरुले लामो समयसम्म सो अत्यधिक असुरक्षित तथा अचम्मै खालको सरल पासवर्डको व्यापक प्रयोगको कुरालाई अस्वीकार गरे र यस विषयमा अमेरिकी संसद कंग्रेसमा एउटा रिपोर्ट पनि पेस गरेका थिए । तर, अहिले एकजना पूर्वअधिकारीको खुलासाले मानिसहरु अचम्मित भएका छन् ।

वायुसेनाको रिपोर्ट

डेलीमेलका अनुसार सन् १९६२ देखि १९७७ सम्म अमेरिकी आणविक बम प्रक्षेपणका लागि एउटा यस्तो पासकोडको प्रयोग गरिएको थियो जुन सायद ०००००००० थियो । यो पासकोड त्यसबेलाको परमाणु सञ्चालित माइनुटम्यान मिसाइलमा लगाइएको थियो ताकि कुनै पनि गैरजिम्मेवार वायुसेना अधिकारीले सनकको भरमा परमाणु हमला सुरु गर्न नसकुन् । तर, त्यतिधेरै सरल तथा असुरक्षित पासकोडको प्रयोग किन भयो ? यो पनि चर्चाको विषय रहेको छ ।

पूर्वसैनिकको खुलासा

यही बहसका बीच प्रिन्स्टनका विद्धान तथा पूर्वमाइनुटम्यान मिसाइल प्रक्षेपण अधिकारी डाक्टर ब्रुस ब्लेयरले क अवर्गीकृत म्यानुअलका बारेमा जानकारी दिएका छन् । उक्त म्यानुअलले नै मिसाइलको पासकोड ०००००००० रहेको पुष्टि गरेको छ ।

डाक्टर ब्लेयरले प्रिन्स्टनको साइन्स एण्ड ग्लोबल सेक्योरिटी साइटमा लेखेका छन् : म्यानुअलमा स्पष्ट रुपमा भनिएको छ कि सामान्य परिस्थितिमा कोड इन्सर्ट थम्बव्हील स्वीच ०००००००० मा सेट गरिनेछ ।

ब्लेयरले आफू र अन्य हजारौं लन्च क्रू सदस्यहरु उक्त कोड लन्च प्रक्रियाका क्रममा पनि ०००००००० मै सेट रहन्थ्यो भन्ने कुराको साक्षी रहेको बताएका छन् ।

कसरी रिसेट गरिएको थियो पासकोड ?

डाक्टर ब्लेयरका अनुसार सो मामिला शीतयुद्धका बेला राष्ट्रपति जोन एफ केनेडी तथा उनको वायुसेनाका जर्नेलहरुको बीचमा चलिरहेको विवादको परिणाम थियो । सन् १९६२ मा राष्ट्रपति केनेडीले परमाणु हतियारहरुको अनधिकृत प्रयोग रोक्नका लागि पर्मिसिभ एक्सन लिंक (PALs) नामक एक सुरक्षा प्रणाली लागू गर्ने आदेश दिएका थिए ।

के थियो शीतयुद्ध र पासकोडको राजनीति ?

वास्तवमा अमेरिकी सामरिक वायुसैन्यका निर्माता जनरल कर्टिस लेमेले तत्कालीन राष्ट्रपति केनेडीसँग सोभियत संघलाई पाषाण युगमा फर्काउनका लागि अमेरिकाले सुरुमा परमाणु हतियारहरुको प्रयोग गर्न आग्रह गरेका थिए । जब केनेडीले आफ्ना अधिक विश्वासिला तथा समझदार रक्षा सचिव रोबर्ट म्याकनामारालाई ती मिसाइलहरुमा सुरक्षात्मक प्रणाली स्थापित गर्ने काम सुम्पिए तब लेमेका अमेरिकी सामरिक कमानका सैनिक अधिकारीहरुले तुरुन्तै सबै पिएएल कोडलाई ०००००००० मा रिसेट गरिदिएका थिए ताकि युद्धकालीन आदेशहरुलाई लागू गर्नमा ढिलाई नहोस् ।

कसरी खुलासा भयो परमाणु बमको पासकोड ?

डाक्टर ब्लेयरका अनुसार सन् १९७० देखि १९७४ को बीचमा सैन्य सेवाका क्रममा लन्च चेकलिस्टमा प्रष्ट रुपमा निर्देशन दिइएको थियो कि लन्च बंकरमा लकिंग प्यानलमा कुनै पनि संख्या ०००००००० भन्दा फरक नहोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेछ। डाक्टर ब्लेयरको खुलासापछि वायुसेनाले सन् २०१४ मा कंग्रेसमा एक रिपोर्ट प्रस्तुत गर्दै उनको दाबीको खण्डन गरेको थियो । वायुसेनाले आठ शुन्नावाला उक्त कोड माइनुटम्यान मिसाइहरुमा कहिल्यैपनि प्रयोग नगरिएको बताएको थियो ।

तर, डाक्टर ब्लेयरले अर्को वर्ष नै एक आधिकारिक दस्तावेज सार्वजनिक गरे, जसलाई सन् १९६९ को प्रविधिको म्यानुअल भनिएको थियो । उक्त म्यानुअलमा लन्च प्यानलको तस्वीर पनि थियो, जसमा ०००००००० कोड सेट गरिएको थियो । डाक्टर ब्लेयरका अनुसार वायुसेनाले कंग्रेसलाई गुमराहमा राखेको छ । सेनाले पटक पटक सत्यलाई लुकाएको र गोपनीयताको आडमा त्यसबाट बँच्न सफल भएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?