
काठमाडौं । धतुरे नामले चर्चित हास्य कलाकार सीपी पुडासैनीले टिभी श्रृंखला ‘हल्का रमाइलो’को छायांकन सेटमै जन्मदिन मनाएका छन् । काठमाडौंको उत्तरी थलो गोलढुंगामा छायांकन भइरहेको सिरियलको सेटमा उनले सहकर्मीसँगै केक काटे ।
छायांकन रोकेर कलाकारले धतुरेको बर्थडे सेलिब्रेसनमा सहभागिता जनाए । ‘साथीभाइमाझ बर्थडे यसरी मनाउँदा औधी खुसी छु’ सञ्चारकर्मीसँग उनले भने, ‘रमाइलो महसुस भएको छ ।’
उनले बर्थडे मनाउने क्रममा सिरियलका निर्देशक समेत रहेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, शारदा गिरी ‘काली बूढी’ लगायतका कलाकार सहभागी थिए । उनीहरुले पनि धतुरेको बर्थडेमा खुबै रमाइलो गरे ।
यसअघि ‘सक्किगो नि’ श्रृंखलामा अभिनय गरेका धतुरे तीन महिनादेखि ‘हल्का रमाइलो’मा व्यस्त छन् । हिमालय टिभीमा प्रसारण हुँदै आएको ‘हल्का रमाइलो’लाई बल्छी धुर्बेले निर्देशन गर्दै आएका छन् । बल्छी धुर्बेले धतुरेले अबदेखि नियमित यो सिरियलमा अभिनय गर्ने बताए ।
तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं
प्रतिक्रिया 4