 
																			७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4