+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
29/2 (5.4)
Shares

कांग्रेस सांसद केसीको प्रश्न : श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिंदैन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १५:२५

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिदैन भन्ने प्रश्न गरेका छन्।

लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती सहकारीको रकम अनियमितामा जोडिएको उल्लेख गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘अत्यन्तै ठलो चिन्ता छ। श्रीमतीले गल्ती गर्दा भोलि श्रीमान् फस्ने हुन् कि हैन, कानुनले के भन्छ? मलाई चिन्ता छ,’ सांसद केसीले भने, ‘श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिदैन?’

उनले अगाडि भनेका छन्, ‘सभापतिको श्रीमतीको पक्राउ जारी भएको हो, सभापतिलाई हैन होला। सभापतिलाई यसमा मुछ्नु राम्रो हैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?