 
																			१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी अहिले साउने भेल जस्तो भएको बताए ।
शान्ति प्रक्रियामा आएपछि माओवादी जताजतै पुगेको उनले बताए । माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विप्लवले भने, ‘माओवादी साउनको भेल जस्तै भयो । कहाँ कहाँ पुग्यो ।’
फुट्नुमा पनि असाध्यै धेरै फुटेको विप्लवको भनाइ थियो ।
‘अस्ति एक साथीले डायरीमा टिप्नु भएछ, १९ वटा पुर्याउनु भएछ । मैले भने– एउटा थप्नुस् २० हुन्छ, २१ हुन्छ’ उनले भने ।
माओवादीको मन अशान्त रहेकाले धेरै फुटिरहेको विश्लेषण विप्लवले सुनाए । तर फुट्ने क्रम असाध्यै धेरै भएपछि जुट्ने दिन आउने विश्वास गरे ।
पार्टीको केन्द्रीय समितिले एकताकै प्रस्ताव अगाडि बढाएको जानकारी पनि विप्लवले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4