 
																			२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई संसदीय समितिमा बोलाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले माग गरेका छन् ।
उनले विदेश भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् ।
मंगलबार बसेको समितिको बैठकमा सांसद सुवालले भने, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाऔं र विदेश भ्रमणबारे छलफल गरौं ।
विदेश भ्रमणका क्रममा भएका सहमति र पहलबारे समितिलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो । ‘विदेश भ्रमणका क्रममा के कस्ता सहमति भए, के कस्ता पहल भए यो समितिलाई जानकारी गराउनुपर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4