+
+

कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा दिलेन्द्र बडू 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १४:३७
फाइल तस्वीर

३ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ ।

संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले बडूलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।

पार्टीबाट संसदीय समितिमा संयोजक तोकिएका तीन जनाको ठाउँ रिक्त भएकाले पदपूर्ति गरिएको घिमिरेले बताए ।

संसदीय दलसँग सम्बन्धित तीन निर्णय गरेको छ । संसदीय दल अनुशासन समिति दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।

संसदीय समितिमा १/१ जना संयोजक तोक्ने संसदीय दलको विधानको व्यवस्था अनुसार रिक्त भएका ठाउँमा पदपूर्ति गरिएको छ ।

अर्थ समितिमा संयोजक डा. प्रकाशशरण महत, लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरीलाई पार्टीबाट संयोजक तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?