 
																						फाइल तस्वीर ।								
											८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जबारे धेरै ठूला खेल र बार्गेनिङ भइरहेको छ भन्ने सुनिएको बताएका छन् ।
सांसद केसीले मंगलबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले स्टक एकसच्ञ्ज नयाँ दिनुपर्ने कारण पनि सोध्दै यसबारेमा समितिले जवाफ लिनुपर्ने सुझावसमेत दिए ।
‘स्टक एक्सचेञ्ज नयाँ दिने कुरा आएको छ । यसमा धेरै ठूलो-ठूलो खेल भइरहेको छ भन्ने सुनिन्छ’, उनले भने, ‘अर्को बन्ने के कारणले हो ? एउटाले किन धान्न सकेन ? यसमा धेरै ठूला बार्गेनिङ र हात छ भन्ने सुनिन्छ । यसबारे समितिले जवाफ लिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4