 
																			१० माघ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीले पुर्याएको योगदानप्रति धन्यवाद दिए ।
मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ति, सुदूरपश्चिमको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेलधुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुक्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमुना सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसँग आग्रह गरे ।
सुदूरपश्चिमका चार पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक सहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा समेत लेखक र कोस्वाबीच छलफल भएको छ ।
एडीबी प्रतिनिधिहरूसितको छलफलमा मन्त्री लेखकले गत वर्ष एडीबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको सर्वे रिपोर्ट कार्यान्वयनमा समेत जोड दिए ।
एडीबीका निर्देशक आर्नो कोस्वाले उक्त विषयमा एडीबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4