
काठमाडौं । नेपाली समाज युएईको अध्यक्षमा रामबहादुर मोक्तान निर्वाचित भएका छन् । संस्थाको १६ औं महाधिवेशनले मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पार्षद् अध्यक्षमा कमल गिरी, वरिष्ठ उपाध्यक्षमा टंक बहादुर थापामगर चयन छन् । उपाध्यक्षहरूमा केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, रामप्रसाद श्रेष्ठ, लक्ष्मी पौडेल, तारासिंह विष्ट निर्वाचित छन् ।
पार्षद् उपाध्यक्षमा हुमराज विक, महासचिव जीवन पंगेनी, सचिवमा प्रकाशदत्त बडु, अमित पाण्डे, ऋषिराम लम्साल, रमा न्यौपाने पन्थ, पार्षद् सचिवमा सुरेन तामाङ, कोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सीना छन् ।
सहकोषाध्यक्षमा लीलाप्रसाद भट्ट, प्रवक्तामा युवराज भट्टराई, केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुखमा संगिता नेपाल अधिकारी चयन छन् । केन्द्रिय सदस्यमा जीवलाल पाण्डे, सिर्जना थापा, बुद्धबहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमलबहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्रबहादुर घर्तिमगर छन् ।
निर्वाचित टीमलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बधाई तथा शुभकामना दिए । यूएईका हरकुनामा रहेका नेपालीलाई परेको समस्या समाधान र निराकारणका लागि आवश्यक सहजिकरण र समन्वय गर्ने प्रतिबद्धता उनले जनाए । दूतावासको सेवा प्रभावकारी बनाउने उनको भनाई छ ।
शुभकामना मन्तव्य दिने अन्य अतिथिले विविध कारणवश समस्यामा परेका श्रमिकको समस्या समाधान तथा सहजीकरणका लागि समाज सारथी बनेको विषय बताउँदै संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे ।
प्रतिक्रिया 4