+
+
Shares

माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना (तस्वीरहरू)

सरकारले अहिलेसम्म पनि कानुन निर्माण नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसानहरु भरतराज गिरीको नेतृत्वमा अनिश्चितकालीन धर्ना दिन भन्दै काठमाडौं आएका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८१ माघ २० गते ११:४८

२० माघ, काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेको छ ।

दाङ देउखुरीबाट यही माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका उनीहरुले आज माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

उनीहरु गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो ।

उनीहरुले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।

स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता गर्दै गुठी सम्बन्धी कानुन कानुन निर्माणमा सल्लाह सुझाव दिने सहमति भएको थियो ।

तर सरकारले अहिलेसम्म पनि कानुन निर्माण नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसानहरु भरतराज गिरीको नेतृत्वमा अनिश्चितकालीन धर्ना दिन भन्दै काठमाडौं आएका छन् ।

     

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?