 
																			२० माघ, बुटवल। प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।
प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।
लुम्बिनीमा माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आइएकोमा गत वर्षदेखि दुई वटा दिवसलाई एकैदिन माघ २१ मा मनाउन थालिएको हो ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4