 
																			२३ माघ, काठमाडौं । कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा मुठारेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो।
मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख मुठारेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुख मुठराउन महानगरले नै मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका थिए ।
तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । मंगलबार मिडियासँग कुरा गर्दै महानगर मेयर आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।
‘कोटिहोम पोखरामा हुँदैन । किनभने त्यति लामो समयसम्म पोखराजस्तो पर्यटकीय क्षेत्रमा धुनी बालेर..अघिल्लोचोटि पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भा’थ्यो’, मेयर आचार्यले भनेका थिए, ‘त्यसकारणले गर्दाखेरि त्यो हाम्रो अनुमति पनि लिएको छैन, स्थानीय प्रशासनबाट पनि, महानगरबाट पनि कहींबाट पनि उहाँले अनुमति लिनुभा’को छैन ।’
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4