 
																			२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका छन् ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि उनले यस्तो बताएका हुन् ।
‘जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ,’ उनले भने ।
उनले राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने जिकिर गरेका छन् । ‘जसपा नेपालले समर्थन गर्छ । अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ,’ उनले भने ।
संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए ।
‘संसदीय दलको बैठक अघि कांग्रेस संग छलफल हुँदा समर्थन गर्न सकरात्मक हुनुहुन्छ,’ घिमिरेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4