+
+

शुक्रबार १० हलमा १०० दिन मनाउँदै ‘पूर्णबहादुरको सारंगी’, अहिलेसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते २२:००

काठमाडौं । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ले शुक्रबार प्रदर्शनको १०० दिन मनाउँदैछ । मुलुकका १० हलमा फिल्मले सय दिन पुरा गर्ने वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

क्यूएफएक्सको सिटी स्क्वायर र राइजिङ, रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज, शुभकामना सिनेमा, फ्रेन्ड्स सिनेमाज बुटवलसहितका हलमा फिल्मले सय दिन सेलिब्रेसन गर्न लागेको हो ।

फिल्मले ४२ दिनसम्म औपचारिकरुपमा देशब्यापी ४९ करोड २५ लाख २२ हजार ४०० रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले जनाए । ‘सय दिनसम्मको हिसाब केही दिनमा सार्वजनिक गर्नेछौं’ वितरक राठीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म ६ सातासम्मको हिसाब नै आधिकारिक हो ।’

फिल्मले १०० दिनसम्म ५० करोडको आँकडा छोइ नसकेको राठीले बताए । ‘अहिले दैनिक केही हजार रुपैयाँको मात्र कलेक्सन छ । यो अनुपातमा ५० करोड मार्क गर्ने सम्भावना तत्काल देखिँदैन’ उनले भने ।

निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको थियो । ७ विदेशी बजारबाट फिल्मले सो अवधिसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भएको थियो ।

यसरी नेपालको ६ साता र विदेशको बक्सअफिस हिसाब जोड्दा अहिलेसम्म ‘पूर्णबहादुरको सारङ्गी’को विश्वव्यापी कलेक्सन ७२ करोड ६० लाख २२ हजार ४०० (करिब ५.३३ मिलियन अमेरिकी डलर) हुन आउँछ ।

सय दिन पुगेको अवसरमा केही हलले दर्शकलाई विशेष अफर प्रदान गर्ने घोषणा गर्दै सय रुपैयाँमा टिकट उपलब्ध गराउने जनाएका छन् । पछिल्लोपटक बाँसुरी फिल्म्सको ‘जारी’ले १०० दिन मनाएको थियो । कूल १७ करोड ग्रस कमाएको ‘जारी’को निर्माता कम्पनी बाँसुरी फिल्म्स ‘पूर्णबहादुरको सारंगी’को निर्माण साझेदार कम्पनी समेत हो ।

‘दिमाग खराब’, ‘शत्रु गते’, ‘छक्कापञ्जा’ले पनि १०० दिन मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?