+
+

गैंडाकोटमा बिजुलीको तार सार्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु

स्थानीय एक व्यक्तिले नेपाल विद्युत् प्राधिकरणले एक्कासि बिजुलीको लाइन छाडिदिँदा उनको करेन्ट लागेर मृत्यु भएको दाबी गरेका छन् । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते ६:५६

२५ माघ, चितवन । नवलपुरको गैंडाकोटमा विद्युत् लाइन मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी जेशी शाहले जानकारी दिए ।

गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा विहीबार बेलुका ६ः२० बजेतिर उनलाई करेन्ट लागेको हो ।

एक्कासि करेन्ट लागेपछि उनको पोलमै मृत्यु भएको थियो । पोलमा झुण्डिएको अवस्थाको शव प्रहरी समेतको सहयोगमा तल झारिएको थियो ।

स्थानीय एक व्यक्तिले नेपाल विद्युत् प्राधिकरणले एक्कासि बिजुलीको लाइन छाडिदिँदा उनको करेन्ट लागेर मृत्यु भएको दाबी गरेका छन् । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।

डिएसपी शाहले यसबारे विस्तृत विवरण थाहा नभएको र अनुसन्धान जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?