+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सेवा अवधि नसकिँदै एआईजी केसीले किन दिए राजीनामा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १९:११

२७ माघ, काठमाडौं । सेवा अवधि बाँकी छँदै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा रहेका उनले त्यसको करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् ।

एआईजी केसीले राजीनामापत्र बुझाएको प्रहरी हेडक्वार्टर स्रोतले पुष्टि गरेको छ । उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । र, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् ।

प्रहरी हेडक्वार्टरमै रहेको प्रदेश समन्वय विभागमा रहेका उनले गत शुक्रबार राजीनामा बुझाएका थिए । २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो । एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका छन् ।

‘केसीले राजीनामा दिनुको कारण भने अर्का व्यक्तिलाई एआईजी बनाउनु हो’ उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘एआईजी बढुवा हुने बेलामै राजीनामा दिने सर्तमा बढुवा गरिएको थियो ।’

उनले पूरा अवधि एआईजीमा बिताउँदा अर्का डीआईजी जनक भट्टराई एआईजीमा बढुवा हुने सम्भावना नरहेकाले दुबै जनालाई एआईजी बनाउने तयारी अनुसार केसीलाई राजीनामा गर्न लगाइएको स्रोत बताउँछ ।

उक्त सहमतिअनुसार नै केसीले राजीनामा दिएको स्रोतको भनाइ छ । भट्टराई भने हाल कर्णाली प्रदेशको प्रमुखको रुपमा कार्यरत छन् । भट्टराई पनि आगामी ५ चैतमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।

अर्को व्यक्तिलाई बढुवा गर्न वा एआईजी बनाउनका लागि सेवा अवधि अगावै राजीनामा दिने चलन यसअघिसम्म नेपाल प्रहरीमा भने थिएन् । निजामतीमा भने सेवा अवधि बाँकी छँदै राजीनामा दिएर अर्को व्यक्तिलाई बढुवाको बाटो खुल्ला गर्ने र अन्यत्र नियुत्ति लिने चलन थियो ।

प्रहरीमा पनि यो प्रवृत्तिले प्रवेश गरेको छ । राजीनामा दिनुको कारणबारे सम्पर्क गर्न खोज्दा केसीको मोबाइलमा भने सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?