 
																			२८ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार विरोधी मुक्कुमलुङ संघर्ष समितिका तर्फबाट प्रतिनिधिले गृहमन्त्री रमेश लेखकलाई भेट्दै सहसचिवभन्दा माथिल्लो स्तरको वार्ता समिति गठन गर्न माग गरेका छन् ।
सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका हुन् ।
आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जेन लामा शेर्पा, जनजाति नेता आङकाजी शेर्पा लगायतले गृहमन्त्री भेट्दै यस्तो भनेका हुन् ।
गृहमन्त्री लेखकले भने अहिले सहसचिव स्तरमा गठित समिति नै अधिकारसम्पन्न समिति भएकाले त्यसैसँग वार्ता गर्नु समाधानमुखी हुने बताएका छन् ।
उनले ‘संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सहसचिवले संसारभरिका १९० देशका प्रमुखहरूसँग समेत वार्ता गर्नसक्ने, देशभित्रै वार्ता गर्न किन नसक्ने’ भनी प्रश्न गरे । अहिले गृहका सहसचिव प्रेम भट्टराई नेतृत्वको समिति वार्तारत रहेका बेला मन्त्रीले सोही टिमले वार्ता जारी राख्ने बताए ।
‘१२ माघमा जे भयो, त्यो दुःखद घटना हो, अब त्यस्तो नहोस् भनेर हामी सचेत छौं, तपाईंहरू पनि सचेत हुनुहोस्,’ लेखकले मुक्कुमलुङ पक्षलाई भने, ‘आन्दोलन फिर्ता लिएर सार्थक संवादमा बस्दा नै सकारात्मक परिणाम आउँछ ।’
ताप्लेजुङका सांसद योगेश भट्टराई तथा उर्मिला थेबेले प्रतिनिधिहरूलाई गृहमन्त्रीसँग संवादका लागि सहजीकरण गराइदिएका थिए ।
गृह प्रवक्ता रामचन्द्र तिवारीका अनुसार छलफल सकारात्मक मोडमा टुंगिएको छ । मन्त्री लेखकले फेरि संवाद जारी राख्न आग्रह गरेको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4