+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लाङटाङ जाने पर्यटकसँग अब गाइड अनिवार्य हुनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १२:५२

५ फागुन, काठमाडौं। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग अब नेचर/ट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने भएको छ ।

निकुञ्ज कार्यालयले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई पत्र लेख्दै निकुञ्ज क्षेत्र भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भ्रमण गराउँदा गाइड अनिवार्य हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । लाङटाङ जाने पर्यटक बिना गाइड जाने गर्छन् ।

विकट भौगोलिक अवस्था र अधिक चिसो हावापानी रहेको यस निकुञ्ज क्षेत्रमा पर्यटक हराउने, दुर्घटनामा पर्ने र मृत्यु समेत हुने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जको भनाइ छ ।

भ्रमणमा आउने पर्यटकको साथमा गाइड नहुँदा पर्यटकले समयमा उपचार नपाउने, उद्धारमा कठिनाइ हुने भन्दै निकुञ्जले सरोकारवाला पर्यटन व्यवसायीलाई निकुञ्ज क्षेत्रमा पर्यटक ल्याउँदा गाइड अनिवार्य गर्न भनेको हो।

पदयात्राका लागि लाङटाङ लोकप्रिय गन्तव्‍यमा पर्छ । लाङटाङ रसुवा जिल्लामा अवस्थित पर्यटकीय गन्तव्‍य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?