 
																			६ फागुन, काठमाडौं। गाजामा युद्धविरामपछि सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)का लागि नेपाली श्रमिकलाई पुन: इजरायल पठाउन सुरू गरेको छ ।
केयरगिभरका लागि पहिलो चरणमा छानिएका ९१९ जनामध्ये १३ जना (२ जना पुरुष, ११ जना महिला) मंगलबार श्रम गन्तव्यका लागि इजरायल उडेको वैदेशिक रोजगार विभाग अनुगमन तथा जीटूजी सहजीकरण शाखाका निर्देशक गिरिराज ज्ञवालीले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘हामीले इजरायल सरकासँग गरेको सम्झौता बमोजिम आज १३ जना नेपाली श्रमिकलाई दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभरका लागि इजरायल पठाएका छौं। उहाँहरू ५: १५ उडेर भोल ६:५५ मा पुग्नुहुनेछ। ‘
उनका अनुसार पहिलो चरणमा केयरगिभरका लागि जाने नेपाली श्रमिक ८२ जनाको भिसाको लागेको छ। उनले भने, ‘केयरगिभरमा जाने ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनुहुन्छ ।’
नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन थालेको नेपालस्थित इजरायली दूताबासले जनाएको छ ।
दूतावासका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने कामदारहरूको पहिलो समूहलाई आज इजरायल पठाइएको छ। उनीहरूलाई आज नेपालका लागि इजरायली राजदूतखनान गोदेर, वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयका प्रतिनिधिहरूले मूलमालासहित विदाइ गरेका थिए ।

इजरायलको लागि योग्यता पुगेर छानिएका ३ हजार ४६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा २ हजार ११२ जना छानिएका थिए । तीमध्ये पहिलो 919 जनालाई पठाउने प्रक्रिया अगाडि बढाइएको निर्देशक ज्ञवालीको भनाइ छ ।
‘९२३ जना मेडिकलमा फिट हुनुभयो। तर ४ जनाको प्राविधि कारणले नजान सकेपछि २१९ जना मात्र पहिलो चर०मा जान योग्य हुनुभयो। जसमा महिला बढी हुनुहुन्छ।’ उनले भने ।
यसका साथै ९१९ मध्ये ८२ जनाको भिसा लागिसकेको छ भने अन्यको प्रक्रियामा रहेको उनले बताए । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा अब बढी नेपाली कामदार १३ सय ४५ जना कार्यरत हुनेछन् ।
केयरगिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा अर्थात करिब दुई लाख २० हजार रुपैयाँ तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुने र त्यसपछि अधिकतम ५ वर्ष ३ महिनासम्म तोकिने सम्झौतामा उल्लेख छ ।
हेर्नुहोस् तस्वीरहरू :
 
  
  
  
  
  
  
  
  
  
  
      
  
       
  
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                
प्रतिक्रिया 4