+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
158/4 (19.1)
VS
चितवन राइनोज 2025
0/0
Shares

शिवरात्रिमा पशुपतिमा निःशुल्क सेवा दिन चाहनेलाई खुल्यो निवेदन

पशुपति क्षेत्र विकास कोषले बुधबार सूचना प्रकाशित गरी १४ फागुनमा परेको शिवरात्रिमा निःशुल्क सेवा दिन चाहने व्यक्ति तथा संस्थासँग निवेदन माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १९:५६
फाइल तस्वीर

७ फागुन, काठमाडौं । शिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क सेवा दिन चाहनेका लागि निवेदन खुलेको छ ।

पशुपति क्षेत्र विकास कोषले बुधबार सूचना प्रकाशित गरी १४ फागुनमा परेको शिवरात्रिमा निःशुल्क सेवा दिन चाहने व्यक्ति तथा संस्थासँग निवेदन माग गरेको हो ।

निःशुल्क स्वयंसेवा, चिया, पानी तथा भोजन वितरण, स्वास्थ्य शिविर सञ्चालन गर्न चाहनेले यस्तो निवेदन दिन सक्ने भएका छन् । व्यक्ति तथा संस्थाले ११ फागुन आइतबारभित्र कोषमा बुझाउन सक्नेछन् ।

शिवरात्रिका दिन निःशुल्क बाहेक व्यावसायिक हिसाबले शुल्क लिई भोजन, चिया नास्ता बिक्री वितरणमा भने रोक लगाइएको छ ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?