 
																			८ फागुन, काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।
जन्ती तेमाल पुर्याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4