+
+
Shares

‘लाज शरणम्’ विवादको असर : ‘सक्किगो नि’को ९१ औं एपिसोड प्रसारण नहुने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १६:२६

काठमाडौँ । पाटन उच्च अदालतले फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि यसको प्रभाव टिभी श्रृंखला ‘सक्किगो नि’लाई समेत परेको छ । यी दुवैको निर्माण जेपीटी क्रिएसनले गरेको हो ।

कम्पनीका प्रमुख तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट प्रचारप्रसारका लागि छायांकन गरिसकिएको ‘सक्किगो नि’को ९१ औं भाग रोकिएको जनाएका हुन् ।

उनले लेखेका छन्, ‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगो नि’को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसात गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’

अदालतको आदेशकै कारण बुधबार फिल्मले युट्युबबाट टिजर र गीत पनि हटाइसकेको छ । पूर्वमन्त्री अफताव आलमको रिटमा सुनुवाई गर्दै मंगलबार पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?