+
+
Shares

एआईजी रवीन्द्र केसीको राजीनामा मन्त्रिपरिषद्‌बाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १८:०१

७ फागुन, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए ।

आगामी ५ चैतसम्म सेवा रहेका केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

गत २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो । एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?