+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पटेललाई एफबीआई प्रमुख बनाउने ट्रम्पको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ९:११

९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश पटेललाई फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) को निर्देशक नियुक्त गरेका छन्।

पटेल भारतीय मूलका अमेरिकी हुन् । नयाँ जिम्मेवारी पाएसँगै पटेलले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘एफबीआईको नवौं निर्देशक बन्न पाउँदा अत्यन्त सम्मानित महसुस गरिरहेको छु। राष्ट्रपति ट्रम्प र महान्यायाधिवक्ता बोन्डीलाई ममाथि विश्वास राखेकोमा धन्यवाद दिन चाहन्छु।’

डेमोक्र्याटिक पार्टीका सबै सांसदहरूसँगै रिपब्लिकन पार्टीका दुई सांसदहरू सुसान कोलिन्स र लिसा मुर्कोवस्कीले पनि यस नियुक्तिको विपक्षमा मतदान गरेका थिए।

पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि उनीसँग काम गरिसकेका छन्।

बीबीसीका अनुसार ४४ वर्षीय पटेलले आफ्नो करिअर वकिलको रूपमा सुरु गरेका थिए। उनले हत्या, लागूऔषध ओसारपसार, जटिल वित्तीय अपराधहरूजस्ता मुद्दामा अदालतमा पैरवी गरेका थिए।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार, पटेलले अमेरिका कार्यवाहक रक्षा मन्त्री क्रिस्टोफर मिलरका प्रमुख सल्लाहकारका रूपमा पनि काम गरिसकेका छन्।

त्यस्तै, उनले यसअघि राष्ट्रिय सुरक्षा परिषदमा राष्ट्रपति ट्रम्पका उपसहायक तथा आतंकवाद निरोधक विभागका वरिष्ठ निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?