
१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अहिले पनि प्रतिगामीहरू पूरानै व्यवस्था फर्काउन हिँडिरहेको जिकिर गरेका छन् ।
झापाको कचनकवलमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘प्रतिगामीहरू पूरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर हिँडिरहेका छन् । खबरदार त्यो दिवा सपना हो,’ पूर्वमहासचिव पुनले भने, ‘परिवर्तनका एजेण्डा फेरि उठाउँछन् । हामी त्यही भन्न जनतासँग आएका हौं ।’
साथै, उनले बिहानीले दिन कस्तो हुने भन्ने देखाउने बताउँदै आफूहरूको अभियानले त्यसको संकेत गरिसकेको बताए ।
‘शुभारम्भ बिहानीले दिन कस्तो हुन्छ बताउँछ । हाम्रो अभियान जनतासँग हुने शुभारम्भले बताइसक्यो । हाम्रो अभियानले पूर्वदेखि पश्चिमसम्मको तराई मधेशका जनताको केन्द्रीत गर्ने जनाउँछ,’ पुनले भने ।
पुनले सम्बोधनको क्रममा अघि भने, ‘हामी जनताको घरदैलोमा आएका छौं । यो क्रान्ति हो । बुहदलको १५ वर्षमा १९ हजार किलोमिटर बाटो बन्यो, यो क्रान्ति होइन । जनताले विकासको आवश्यकता महसुस गरेपछि क्रान्ति हुन्छ, रातारात चमत्कार हुन्छ । आज मिटरब्याज पीडितले न्याय पाएका छन् ।’
प्रतिक्रिया 4