 
																			१२ फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको आरोप लगाएका छन् ।
झापाबाट तराई मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर यो सरकार बनाएको दाबी गरे ।
‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पूँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’ प्रचण्डले भने, ‘पूँजीपतिहरूको घुस खाएर बनेको सरकार हो यो ।’
आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि नेपाली कांग्रेस र नेकपा एमालेको अप्राकृतिक सरकार बनेको प्रचण्डले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4